Archives 2021

गभर्नर अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन

सेयर लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् ।

लगानीकर्ता रामकृष्ण ढकालको संयोजकत्वको पुँजी बजार सुधार संघर्ष समितिले गभर्नरको राजीनामा गर्दै आज बालुवाटारस्थित राष्ट्र बैंक घेराउ गरेका छन् । पुतलीसडकबाट बाइक जुलुससहित लगानीकर्ता राष्ट्र बैंक पुगेका थिए ।

सेयर बजार निरन्तर ओरालो लाग्न थालेपछि निराश भएका लगानीकर्ताहरुले गभर्नरको राजीनामा माग गरेका हुन् ।

संघर्ष समितिले गभर्नरको राजीनामालाई मुख्य मागको रुपमा राख्दै विभिन्न १५ बुँदे माग राखेको छ । समितिले केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत ल्याएको मार्जिन कर्जामा १२ करोडको सीमा हट्नुपर्ने, लघुवित्त कम्पनीहरुले वितरण गर्ने लाभांशमा लगाइएको क्याप हटाउनुपर्ने, प्रोभिजनिङ्कको व्यवस्था परिमार्जन गर्नुपर्नेलगायतका माग अघि राखेको जनाएको छ ।

यता, सेयर बजारमा भने वृद्धि हुने क्रम जारी छ । यो समाचार तयार पार्दासम्म नेप्समा १२० दशमलव १६ अंकको उछाल आएको छ । अहिलेसम्म पाँच अर्ब ४५ करोड ४३ लाख १६ हजार चार सय ८६ रुपैयाँ बराबरको कारोबार भएको छ । एउटाबाहेक सबै समूहका सूचांक हरिया देखिएका छन् ।

विकास बैंक र हाइड्रोपावर समूहको सूचांक ७ अंकभन्दा माथिले उकालो लागेको छ । फाइनान्स ६ अंकभन्दा बढीले बढेको छ । आज सबैभन्दा धेरै कारोबार गर्नेमा अरुण भ्याली हाइड्रोपावर कम्पनी छ ।

छोटो समयमा लाखौँ दर्शकको नजरमा “डाडा घरे साइली” हेरौ (भिडियो सहित)

काठमाण्डौ।सांगित बजार यतिबेला संगितमय बन्दै गएको छ। सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गितले चर्चा परिचर्चा पाउदै आइरहेका छन्।कस्ता गित लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गितहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन्

[wpdiscuz-feedback id=”gimguy6rn7″ question=”के तपाइले यो गीत हेर्नु भई त् ? ” opened=”0″]लोक तथा दोहोरी क्षेत्रमा पछिल्ला पल्ट धेरै गितहरु बजारमा आइनै रहेको पाइन्छ[/wpdiscuz-feedback]।

माया प्रेम दुख वेदनाका गित पनि बजारमा उकालो लागिरहेका छन्। रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

यतिबेला,

लोकप्रिय गायक तथा संगितकार श्रीकृष्ण वम मल्लको संगितमा स्वरुपराज आचार्य र लक्ष्मी मल्लको अवाजमा “डाडा घरे साइली” बोलको गित आफ्नो मन युटुव च्यानलवाट बजारमा आएर गित ट्रेन्डिडंमा छ। छोटो समयमा धेरैले रुचाएका छन्।

गित निकै मन खाने बनेर बजारमा आएको छ। गितको शब्द भने कृष्ण केसीको रहेको छ।भिडियोमा चर्चित अनुहार प्रकाश सपुत करिष्मा ढकाल श्रीकृष्ण वम मल्ल शिलपा पोख्रेलको अभिनय रहेको छ।

भिडियोलाइ नवराज उप्रेतीले छायांकन, दिनसोन साहले सम्पादन गरेका हुन् भने मौसम हिमालीले निर्देशन गरेका हुन्।

 

यस वर्ष बाढीपहिरोबाट २९ जना बेपत्ता (नामावलीसहित)

यस वर्ष विभिन्न समयमा आएको बाढीपहिरोका कारण २९ जना बेपत्ता भएका छन् । प्रहरीको तथ्यांकअनुसार गत ३१ जेठदेखि १८ भदौसम्म बाग्मती प्रदेशमा २५, गण्डकीमा दुई र लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा एक-एकजना बाढीका कारण बेपत्ता भएका हुन् ।

गत ३१ जेठमा सुदूरपश्चिम प्रदेश बाजुराका १२ वर्षीय बालक कमल बुढा बाढीमा बेपत्ता भएका छन् ।  गत १ असारमा मेलम्ची नदीमा आएको बाढीले सिन्धुपाल्चोकका १५, भारतका दुई, झापाका एक, रुपन्देही एक र चीनका एकजना बेपत्ता भएका छन् ।

विवरणअनुसार सिन्धुपाल्चोकमा बाढीबाट बेपत्ता हुनेमा माधव भण्डारी, गणेश ज्योति, टिकामाया खड्का, ज्ञानेन्द्र कक्षपति, सुरेन्द्र नेपाल, च्याङा तामाङ, काली तामाङ, साइँली तामाङ, पूर्ण तामाङ, कामी तामाङ, नोर्की तामाङ, गीता थापा, सदिप थापा, तस्बिर तामाङ र भीमबहादुरी भण्डारी छन् । सोही बाढीबाट भारतका विजया बासमूर्ति र जिनडाओ बासमूर्ति, रुपन्देहीका रेशमलाल सार्की, झापा होमराज घिमिरे र चीनका सन यु चुवान बेपत्ता भएका छन् ।

गत १७ असारमा पहिरोका कारण चितवन राप्ती नगरपालिका-१२ का कृष्णलाल चेपाङ, निशा चेपाङ, मोतीलाल चेपाङकी नातिनी बेपत्ता भए ।

गत २३ असारमा बागलुङको ताराखोला गाउँपालिका-३ मा पहिरो जाँदा स्थानीय राजेन्द्र कार्की र पर्वतको कुश्मा-८मा आएको बाढीले राजाराम आचार्य बेपत्ता भएका प्रहरीले जानकारी दिएको छ ।

यस्तै, ३० असारमा रुपन्देहीको सैनामैना-१०मा आएको बाढीले सुजन न्यौपाने बेपत्ता भए । गत ११ भदौमा सिन्धुलीको मुर्किबेसी वितिजोर खोलामा आएको बाढीले गोलन्जर-२का पूर्णबहादुर कार्की र १८ भदौमा मकवानपुरको हेटौँडा-१७ शिवम् सिमेन्ट फ्याक्ट्री नजिक आएको बाढीले बगाएर बद्री कार्की बेपत्ता भएका प्रहरीको भनाइ छ ।

संखुवासभा हत्या प्रकरण : अनुसन्धानका लागि धरानबाट तालिमप्राप्त कुकुर ल्याइँदै

मादी नगरपालिका-१, खोलागाउँका एकै परिवारका ६ जनाको हत्या घटना अनुसन्धान गर्न धरानबाट तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली संखुवासभा आउने भएको छ । हत्या भएको घटनास्थल मादी-१ मा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगराज खतिवडाको टोली मात्रै पुगेको छ ।

आइतबार राति अज्ञात समूहको धारिलो हतियार प्रहारबाट मादी-१ स्थानीय ५८ वर्षीय तेजबहादुर कार्कीसहित ६ जनाको हत्या भएको थियो । घटनाको अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय धरानबाट एसपी दाहालको टोली तालिमप्राप्त कुकुर लिएर मादी आउँदै गरेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी प्रहरी निरिक्षक खतिवडाले जानकारी दिए ।

घटनाको जानकारी पाएलगत्तै अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीको टोली सदरमुकाम खाँदबारीबाट घटनास्थल प्रस्थान गरेको छ । हत्या भएका ५८ वर्षीय कार्कीको शव सडकको भित्तामा मृत फेला परेको फेला परेको प्रहरी निरीक्षक खतिवडाले बताए । तेजबहादुरकी आमा ८४ वर्षीया पार्वती कार्कीको शव घरमै फेला परेको छ ।

५२ बर्षीया श्रीमती कमला कार्की र ३२ वर्षीया बुहारी रञ्जना कार्कीको शव खोल्सामा फेला परेको उनले बताए । त्यस्तै, तेजबहादुरका ११ वर्षीय नाति दिपेन कार्की र सात वर्षीया नातिनी गोमा कार्कीको शव खरबारीमा फेला परेको प्रहरीले जनाएको छ । तेजबहादुरका बुवा ८५ वर्षीय बौद्धमान कार्की भने सकुशल रहेको प्रहरीले जनाएको छ । रञ्जनाका श्रीमान् रमेश कार्की हाल वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेको प्रहरी निरीक्षक खतिवडाले जानकारी दिए । सदरमुकाम  खाँदबारीबाट घटनास्थल पुग्न ६ घन्टा लाग्छ ।

छोटो समयमा लाखौँ दर्शकको नजरमा “डाडा घरे साइली” हेरौ (भिडियो सहित)

काठमाण्डौ।सांगित बजार यतिबेला संगितमय बन्दै गएको छ। सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गितले चर्चा परिचर्चा पाउदै आइरहेका छन्।कस्ता गित लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गितहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन्

[wpdiscuz-feedback id=”gimguy6rn7″ question=”के तपाइले यो गीत हेर्नु भई त् ? ” opened=”0″]लोक तथा दोहोरी क्षेत्रमा पछिल्ला पल्ट धेरै गितहरु बजारमा आइनै रहेको पाइन्छ[/wpdiscuz-feedback]।

माया प्रेम दुख वेदनाका गित पनि बजारमा उकालो लागिरहेका छन्। रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

यतिबेला,

लोकप्रिय गायक तथा संगितकार श्रीकृष्ण वम मल्लको संगितमा स्वरुपराज आचार्य र लक्ष्मी मल्लको अवाजमा “डाडा घरे साइली” बोलको गित आफ्नो मन युटुव च्यानलवाट बजारमा आएर गित ट्रेन्डिडंमा छ। छोटो समयमा धेरैले रुचाएका छन्।

गित निकै मन खाने बनेर बजारमा आएको छ। गितको शब्द भने कृष्ण केसीको रहेको छ।भिडियोमा चर्चित अनुहार प्रकाश सपुत करिष्मा ढकाल श्रीकृष्ण वम मल्ल शिलपा पोख्रेलको अभिनय रहेको छ।

भिडियोलाइ नवराज उप्रेतीले छायांकन, दिनसोन साहले सम्पादन गरेका हुन् भने मौसम हिमालीले निर्देशन गरेका हुन्।

 

बाढीका कारण युरोपेली मुलुकमा मृत्यु हुनेको संख्या १७० पुग्यो

एजेन्सी । पश्चिम युरोपमा भारी वर्षासँगै आएको बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या १७० पुगेको छ ।

ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । बाढीका कारण सबैभन्दा धेरै जर्मनी र बेल्जियममा असर परेको छ । ज्यान गुमाउने १७० जनामध्ये १४३ जना जर्मनीका नागरिक रहेका खबरमा उल्लेख छ ।

बाढीका कयौँ नागरिक हराइरहेका छन् । उनीहरुको उद्धारकर्ताहरूले खोजी गरिरहेका छन् । जर्मन चान्सलर एन्जेला मर्केलले आज बाढी प्रभावित क्षेत्रको अवलोकन र निरीक्षण गर्ने बीबीसीले जनाएको छ ।

बेल्जियममा सेनाले राहत र उद्धारको काम गरिरहेको छ । बेल्जियममा आउँदो ६ गते राष्ट्रिय शोकको घोषणा गरिएको छ ।

भारी वर्षासँगै आएको बाढीका कारण जर्मनी र बेल्जियमसँगै नेदरल्याण्ड्स, लग्जम्बर्गसहितका देश पनि प्रभावित भएका छन् ।

युरोपका नेताहरुले जलवायु परिवर्तनका कारण यस्तो विपद् आएको बताएका छन् । विज्ञले जलवायु परिवर्तनकै कारण ठूलो वर्षाको सम्भावना बढ्दै गएको बताएका छन् ।

आज जनकपुर-जयनगर रेलको ट्र्याकको गति परीक्षण गरिने

धनुषा । बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको आज रेल्वे ट्र्याकको गति परीक्षण गरिने भएको छ ।

रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्र्याकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार रेल्वे लिकको ‘स्पिड’ र ‘सर्टिफिकेशन’ गर्ने काम हुनेछ । उहाँले भारतको इस्ट–सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ रेलद्वारा ‘ट्र्याक स्पिड’ परीक्षण गरिने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “ट्र्याक स्पिड परीक्षण रेल सेवा सञ्चालन गर्नुपूर्वको महत्वपूर्ण प्रक्रिया हो । स्पिड परीक्षण गर्दा रेलको स्पिड १२० किमी प्रतिघण्टा हुने भएकाले रेल्वे ट्र्याकमा सुरक्षा महत्वपूर्ण हुन्छ ।”

महाप्रबन्धक भट्टराईले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत आज रेल्वे ट्र्याक वरपरका आम नागरिकलाई ट्र्याकमा मान्छे, गाई, भैँसी चौपाया, साइकल, मोटरसाइकल, बालबच्चा नछाड्न र ट्र्याकबाट दूरी कायम गरिदिन अनुरोध गर्नुभएको छ ।

उहाँले परीक्षणका क्रममा ट्र्याक तथा स्टेशनहरुमा पर्याप्त प्रहरी तथा कर्मचारी खटाइने बताउनुभयो ।

उहाँले भन्नुभयो, “परीक्षणका क्रममा रेल जयनगरबाट जनकपुर आउँदाजाँदा रेल्वे ट्र्याकमा कुनै समस्या नआएको अवस्थामा उक्त भारतीय रेल्वे कम्पनीले जनकपुर–जयनगर रेल्वे ट्र्याक रेल सेवा सञ्चालनका लागि उपयुक्त र सुरक्षित रहेको भन्दै नेपाल रेल्वे कम्पनी लिमिटेडलाई प्रमाणपत्र हस्तान्तरण गर्नेछ ।”

परीक्षणका विषयमा सूचना जारी भइसकेको र अवज्ञा गरी कुनै दुर्घटना भएमा व्यक्ति स्वयं जिम्मेवार हुने र कानूनअनुसार कारवाहीसमेत गरिने महाप्रबन्धक भट्टराईले चेतावनीसमेत दिनुभयो ।

उहाँले जयनगर–जनकपुर–कुर्था खण्डका नागरिकलाई जिम्मेवार भइदिन अनुरोध गर्नुभयो । उहाँले जनकपुरबाट भारतको सिमानासम्मको रेल्वे लिकको वरिपरि सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभयो ।

सरकारले जिटुजी (गभर्मेन्ट टु गभर्मेन्ट) प्रक्रियामार्फत रु ८४ करोड ६५ लाख ९५ हजारमा भारतसँग खरिद गरेको दुईवटा रेल गत वर्ष असोज २ गते जनकपुर रेल्वे स्टेशनमा आइपुगेको थियो ।

अगाडि र पछाडि गुड्न सक्ने सो रेल अहिले जनकपुरको इनर्वा स्टेशनमा सशस्त्र प्रहरीको निगरानीमा पालले छोपेर राखिएको छ ।

एनआरएनएको १०औँ साधारणसभा कात्तिकमा हुने

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १०औँ एनआरएन ग्लोबल सम्मेलन र १०औँ साधारणसभा आगामी कात्तिकमा हुने भएको छ ।

शनिबार सम्पन्न ७८औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले अक्टोबर २३–२५ ९२०७८ कात्तिक ६–८० मा सङ्घको साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ । त्यसका लागि अध्यक्ष कुमार पन्तको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ ।

अध्यक्ष पन्तका अनुसार बैठकले आगामी निर्वाचन अनलाइन प्रणालीबाट गर्ने निर्णय गर्दै निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्कसमेत शून्य कायम गरिएको छ ।

यसअघि निर्वाचनमा भाग लिने प्रतिनिधिले सङ्घले तोकेको शुल्क तिर्नुपर्ने प्रावधान थियो । यस्तै बैठकले निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क सन् २०१९ को निर्वाचनमा तोकिएबमोजिमकै कायम गर्ने निर्णय गरेको पन्तले बताउनुभयो ।

बैठकले गैरआवासीय नेपाली सङ्घको निर्वाचनसम्बन्धी नियमावली, एनआरएन फाउण्डेशन, आर्थिक नियमावलीलगायतका विभिन्न १९ नियमावली संशोधन गरेको छ । बैठकले आर्थिक वर्ष २०७८र७९ को बजेटसमेत पारित गरेको जनाइएको छ ।

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै संसदमा विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

सर्वोच्च अदालतले २८ असारमा पुनर्स्थापना गरेको प्रतिनिधिसभाको बैठक आज बोलाइएको छ । सर्वोच्चकै परमादेशअनुसार संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिर्छ ।

एमाले र जनता समाजवादी पार्टी (जसपा) मा विवाद चलिरहेकाले विश्वासको मत लिने हतार नगर्ने कांग्रेस नेताहरुले बताएका थिए । तर एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षले स्थायी कमिटी बैठक राखेर विश्वासको मत नदिन सांसदहरुलाई निर्देशन दिएपछि शनिबार एकाकाए नयाँ निर्णय भएको छ ।

कानुन तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार आज बस्ने संसद बैठकमै विश्वासको मत लिने तयारी छ ।

रु ५० हजारले शुरु गरेको व्यवसायबाट मासिक दुई लाख आम्दानी गर्दै दीपेश

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ पिपलटारका युवा व्यवसायी दीपेशचन्द्र लामाले अहिले मासिक रु दुई लाखसम्म आम्दानी गरिरहनुभएको छ । करिब रु एक करोड लगानीमा दुई वर्षदेखि शुरु गरेको कृषि तथा पशुपालन व्यवसायबाट उहाँ मनग्य आम्दानी गर्न सफल हुनुभएको छ ।

उहाँले बाख्रापालनसँगै घरमा धान कुट्ने र पिठो पिस्ने मिल जडान गर्नुका साथै भैँसी, गाई र तरकारी खेतीका लागि टनेल (प्लाष्टिक घर) निर्माण गरी विभिन्न थरीका तरकारी उत्पादन र बिक्री गर्दै आइरहनुभएको छ । एलिस्का कृषि फार्म दर्ता गरी सञ्चालन गरेको व्यवसायमा १० जनाले रोजगारीसमेत पाएका छन् । बाख्रा, भैँसी र गाईका लागि आवश्यक पर्ने दाना सबै आफँैले उत्पादन गरिरहेको लामाले बताउनुभयो ।

अहिले टनेलभरि गोलभेँडा फलाइरहनुभएका उहाँले छुट्टाछुट्टै कामका लागि त्यहीअनुसार कामदार खटाइरहनुएको छ । फलाएको तरकारी स्थानीय बजारमा नै बिक्री हुने, बढी भएको र सिजनमा फलेको बेलामा भकुण्डे, बनेपा र काठमाडौँसम्म लगेर बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । यसरी गरेको व्यवसायले राम्रै आम्दानी पाइरहेकाले आफू सन्तुष्ट रहेको लामाको भनाइ छ । “अहिले मासिक करिब रु दुई लाख जति आम्दानी हुन्छ, त्यसबाट कामदारलाई तलब दिने, खर्च कटाउने र बाँकी ऋण तिर्दै आइरहेको छु”, उहाँले भन्नुभयो, “काम गर्नेमध्ये छ जना सुर्खेतबाट आएर काम गरिरहेका छन् भने बाँकी चार जना स्थानीयवासी रहेका छन् ।”

उहाँका अनुसार दुई÷दुई जनाको परिवार रहेको कामदारमध्ये भैँसी फार्ममा काम गर्नेलाई मासिक रु ३० हजार, तरकारी खेती गर्नेलाई रु २५ हजार र बाख्रा फार्ममा काम गर्नेलाई रु २२ हजार दिने गरिएको छ । यसरी काम गर्दै आएको करिब दुई वर्ष भयो । त्यसरी व्यवसाय गर्नका लागि उहाँले गाउँमा नै मासिक रु एक लाखको पाँच हजार ब्याज तिर्ने गरी ऋण लिएर चलाइरहेको बताउनुभयो । “यदि त्यसरी चर्को ब्याज तिर्न नपरेको भए दुई वर्षमा मैले दोब्बर कमाइ गर्ने थिएँ तर अहिले चर्को ब्याजमा ऋण लिएर चलाएका कारण अहिलेसम्ममा ऋण तिर्नमा नै ठिक्क भइरहेको छ”, उहाँले भन्नुभयो, “मेरो अहिले २० रोपनी जग्गा छ, बेच्यो भने रु दुई करोड जति आउँछ तर मलाई कृषि व्यवसायका लागि बैंकमा जाँदा विभिन्न कागजात माग्ने, त्यसमा पनि गाउँको जग्गा राखेर ऋण दिन मिल्दैन भनेर झुलायो, अन्तिममा २० रोपनी जग्गा धितो राखेर जम्मा रु १० लाख लैजाऊ भनेपछि त्यो छाडेर गाउँमा नै बरु चर्को ब्याज तिरेर चलाउँछु भनेर शुरु गरेको हुँ ।”

अहिले पालेको खसी बोका बिक्री गर्नका लागि बजारको कुनै समस्या नभएको उहाँले बताउनुभयो । चाहेको बेलामा खरिदकर्ता आफैँ लिन आउँछन् र आफँैले लग्यो भने पनि गाडी भाडा उनीहरुले नै बेहोरेर खरिद गर्ने गरेको उहाँको भनाइ छ । उत्पादन गरेको वस्तु बिक्री भएन भनेर खुम्चिएर बस्नुपर्ने अवस्था नभएको उहाँले बताउनुभयो ।

कृषि फार्म सञ्चालन गर्नका लागि नगरपालिकाको कृषि शाखा प्रमुख रेशम दाहालसँग सल्लाह गरेर काम गर्दा उहाँले शुरुमा गर्नुस् भनेपछि अन्तिममा एउटा प्लाष्टिक र औषधि छर्ने पम्पसमेत नदिएपछि राज्यको निकायबाट आउने सहयोगको समेत आशा मारेको उहाँले बताउनुभयो । बीस वटा टनेलबाट शुरु गरेको खेती अहिले ३२ रोपनी जग्गामा ५० वटा टनेल बनाएर सबैमा गोलभेँडा फलाइरहनुभएको छ । दुई लट गरी रोपेको गोलभेँडा अहिले कुनैमा फूल फुल्ने र कुनै टनेलमा लटरम्म फलिरहेको छ । “उत्पादन भएको गोलभेँडा बिक्री भएन भन्ने चिन्ता छैन, अधिकांश स्थानीय बजारमै बिक्री हुन्छ, बाँकी रहेको भकुण्डे, धुलिखेल, बनेपा र काठमाडौँसम्म लगेर बेच्ने गरेको छु”, उहाँले भन्नुभयो । त्यससँगै फार्ममा दुर्ईवटा गाई र पाँचवटा भैँसी छन् । “ती गाई, भैँसीबाट दैनिक ८५ देखि ९० लिटर दूध उत्पादन हुने गरेको छ, त्यससँगै गाउँमै दूध सङ्कलन गरी दैनिक २०० देखि २५० लिटरसम्म दूध बिक्री गर्दै आएको छु”, उहाँले भन्नुभयो, “कृषि खेतीसँगै ५० वटा बाख्रा छन्, अब दुई महिनामा ९० वटा खसी बोका पु¥याउने लक्ष्य राखेको छु ।”

यसरी शुरु भयो व्यवसाय

विसं २०६६ मा विदेश जानका लागि राहदानी निकाल्न परराष्ट्र मन्त्रालय अगाडि गएर राति नै २ बजे लाइन बस्न जाँदा त्यो रातको समयमा मान्छेको लाइन देखेपछि लगेको सिफारिसपत्र त्यहीँ च्यातेर भोलिपल्ट घर फर्केपछि रु ५० हजार ऋण लिएर किराना व्यवसायबाट काम शुरु गरेको व्यावसायिक यात्राले मासिक रु दुई लाखसम्मको आम्दानी गरिरहेको उहाँले बताउनुभयो ।