बाढीका कारण युरोपेली मुलुकमा मृत्यु हुनेको संख्या १७० पुग्यो

लेखक : जनक काफ्ले / आइतबार, साउन ०३, २०७८ मा प्रकाशित

बाढीका कारण युरोपेली मुलुकमा मृत्यु हुनेको संख्या १७० पुग्यो

एजेन्सी । पश्चिम युरोपमा भारी वर्षासँगै आएको बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या १७० पुगेको छ ।

ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । बाढीका कारण सबैभन्दा धेरै जर्मनी र बेल्जियममा असर परेको छ । ज्यान गुमाउने १७० जनामध्ये १४३ जना जर्मनीका नागरिक रहेका खबरमा उल्लेख छ ।

बाढीका कयौँ नागरिक हराइरहेका छन् । उनीहरुको उद्धारकर्ताहरूले खोजी गरिरहेका छन् । जर्मन चान्सलर एन्जेला मर्केलले आज बाढी प्रभावित क्षेत्रको अवलोकन र निरीक्षण गर्ने बीबीसीले जनाएको छ ।

बेल्जियममा सेनाले राहत र उद्धारको काम गरिरहेको छ । बेल्जियममा आउँदो ६ गते राष्ट्रिय शोकको घोषणा गरिएको छ ।

भारी वर्षासँगै आएको बाढीका कारण जर्मनी र बेल्जियमसँगै नेदरल्याण्ड्स, लग्जम्बर्गसहितका देश पनि प्रभावित भएका छन् ।

युरोपका नेताहरुले जलवायु परिवर्तनका कारण यस्तो विपद् आएको बताएका छन् । विज्ञले जलवायु परिवर्तनकै कारण ठूलो वर्षाको सम्भावना बढ्दै गएको बताएका छन् ।

459 पटक हेरिएको

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया

जनक काफ्ले को बारेमा

यो ठाउँमा तपाइले आफ्नो बारेमा लेख्न सक्नु हुनेछ जसले गर्दा तपाको बिषय बस्तुको बारेमा सबैले जान्ने छन्। यो ठाउँमा तपाइले आफ्नो बारेमा लेख्न सक्नु हुनेछ जसले गर्दा तपाको बिषय बस्तुको बारेमा सबैले जान्ने छन्।

जनक काफ्ले द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →