Archives September 2021

गभर्नर अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन

सेयर लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् ।

लगानीकर्ता रामकृष्ण ढकालको संयोजकत्वको पुँजी बजार सुधार संघर्ष समितिले गभर्नरको राजीनामा गर्दै आज बालुवाटारस्थित राष्ट्र बैंक घेराउ गरेका छन् । पुतलीसडकबाट बाइक जुलुससहित लगानीकर्ता राष्ट्र बैंक पुगेका थिए ।

सेयर बजार निरन्तर ओरालो लाग्न थालेपछि निराश भएका लगानीकर्ताहरुले गभर्नरको राजीनामा माग गरेका हुन् ।

संघर्ष समितिले गभर्नरको राजीनामालाई मुख्य मागको रुपमा राख्दै विभिन्न १५ बुँदे माग राखेको छ । समितिले केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत ल्याएको मार्जिन कर्जामा १२ करोडको सीमा हट्नुपर्ने, लघुवित्त कम्पनीहरुले वितरण गर्ने लाभांशमा लगाइएको क्याप हटाउनुपर्ने, प्रोभिजनिङ्कको व्यवस्था परिमार्जन गर्नुपर्नेलगायतका माग अघि राखेको जनाएको छ ।

यता, सेयर बजारमा भने वृद्धि हुने क्रम जारी छ । यो समाचार तयार पार्दासम्म नेप्समा १२० दशमलव १६ अंकको उछाल आएको छ । अहिलेसम्म पाँच अर्ब ४५ करोड ४३ लाख १६ हजार चार सय ८६ रुपैयाँ बराबरको कारोबार भएको छ । एउटाबाहेक सबै समूहका सूचांक हरिया देखिएका छन् ।

विकास बैंक र हाइड्रोपावर समूहको सूचांक ७ अंकभन्दा माथिले उकालो लागेको छ । फाइनान्स ६ अंकभन्दा बढीले बढेको छ । आज सबैभन्दा धेरै कारोबार गर्नेमा अरुण भ्याली हाइड्रोपावर कम्पनी छ ।

छोटो समयमा लाखौँ दर्शकको नजरमा “डाडा घरे साइली” हेरौ (भिडियो सहित)

काठमाण्डौ।सांगित बजार यतिबेला संगितमय बन्दै गएको छ। सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गितले चर्चा परिचर्चा पाउदै आइरहेका छन्।कस्ता गित लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गितहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन्

[wpdiscuz-feedback id=”gimguy6rn7″ question=”के तपाइले यो गीत हेर्नु भई त् ? ” opened=”0″]लोक तथा दोहोरी क्षेत्रमा पछिल्ला पल्ट धेरै गितहरु बजारमा आइनै रहेको पाइन्छ[/wpdiscuz-feedback]।

माया प्रेम दुख वेदनाका गित पनि बजारमा उकालो लागिरहेका छन्। रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

यतिबेला,

लोकप्रिय गायक तथा संगितकार श्रीकृष्ण वम मल्लको संगितमा स्वरुपराज आचार्य र लक्ष्मी मल्लको अवाजमा “डाडा घरे साइली” बोलको गित आफ्नो मन युटुव च्यानलवाट बजारमा आएर गित ट्रेन्डिडंमा छ। छोटो समयमा धेरैले रुचाएका छन्।

गित निकै मन खाने बनेर बजारमा आएको छ। गितको शब्द भने कृष्ण केसीको रहेको छ।भिडियोमा चर्चित अनुहार प्रकाश सपुत करिष्मा ढकाल श्रीकृष्ण वम मल्ल शिलपा पोख्रेलको अभिनय रहेको छ।

भिडियोलाइ नवराज उप्रेतीले छायांकन, दिनसोन साहले सम्पादन गरेका हुन् भने मौसम हिमालीले निर्देशन गरेका हुन्।

 

यस वर्ष बाढीपहिरोबाट २९ जना बेपत्ता (नामावलीसहित)

यस वर्ष विभिन्न समयमा आएको बाढीपहिरोका कारण २९ जना बेपत्ता भएका छन् । प्रहरीको तथ्यांकअनुसार गत ३१ जेठदेखि १८ भदौसम्म बाग्मती प्रदेशमा २५, गण्डकीमा दुई र लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा एक-एकजना बाढीका कारण बेपत्ता भएका हुन् ।

गत ३१ जेठमा सुदूरपश्चिम प्रदेश बाजुराका १२ वर्षीय बालक कमल बुढा बाढीमा बेपत्ता भएका छन् ।  गत १ असारमा मेलम्ची नदीमा आएको बाढीले सिन्धुपाल्चोकका १५, भारतका दुई, झापाका एक, रुपन्देही एक र चीनका एकजना बेपत्ता भएका छन् ।

विवरणअनुसार सिन्धुपाल्चोकमा बाढीबाट बेपत्ता हुनेमा माधव भण्डारी, गणेश ज्योति, टिकामाया खड्का, ज्ञानेन्द्र कक्षपति, सुरेन्द्र नेपाल, च्याङा तामाङ, काली तामाङ, साइँली तामाङ, पूर्ण तामाङ, कामी तामाङ, नोर्की तामाङ, गीता थापा, सदिप थापा, तस्बिर तामाङ र भीमबहादुरी भण्डारी छन् । सोही बाढीबाट भारतका विजया बासमूर्ति र जिनडाओ बासमूर्ति, रुपन्देहीका रेशमलाल सार्की, झापा होमराज घिमिरे र चीनका सन यु चुवान बेपत्ता भएका छन् ।

गत १७ असारमा पहिरोका कारण चितवन राप्ती नगरपालिका-१२ का कृष्णलाल चेपाङ, निशा चेपाङ, मोतीलाल चेपाङकी नातिनी बेपत्ता भए ।

गत २३ असारमा बागलुङको ताराखोला गाउँपालिका-३ मा पहिरो जाँदा स्थानीय राजेन्द्र कार्की र पर्वतको कुश्मा-८मा आएको बाढीले राजाराम आचार्य बेपत्ता भएका प्रहरीले जानकारी दिएको छ ।

यस्तै, ३० असारमा रुपन्देहीको सैनामैना-१०मा आएको बाढीले सुजन न्यौपाने बेपत्ता भए । गत ११ भदौमा सिन्धुलीको मुर्किबेसी वितिजोर खोलामा आएको बाढीले गोलन्जर-२का पूर्णबहादुर कार्की र १८ भदौमा मकवानपुरको हेटौँडा-१७ शिवम् सिमेन्ट फ्याक्ट्री नजिक आएको बाढीले बगाएर बद्री कार्की बेपत्ता भएका प्रहरीको भनाइ छ ।

संखुवासभा हत्या प्रकरण : अनुसन्धानका लागि धरानबाट तालिमप्राप्त कुकुर ल्याइँदै

मादी नगरपालिका-१, खोलागाउँका एकै परिवारका ६ जनाको हत्या घटना अनुसन्धान गर्न धरानबाट तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली संखुवासभा आउने भएको छ । हत्या भएको घटनास्थल मादी-१ मा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगराज खतिवडाको टोली मात्रै पुगेको छ ।

आइतबार राति अज्ञात समूहको धारिलो हतियार प्रहारबाट मादी-१ स्थानीय ५८ वर्षीय तेजबहादुर कार्कीसहित ६ जनाको हत्या भएको थियो । घटनाको अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय धरानबाट एसपी दाहालको टोली तालिमप्राप्त कुकुर लिएर मादी आउँदै गरेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी प्रहरी निरिक्षक खतिवडाले जानकारी दिए ।

घटनाको जानकारी पाएलगत्तै अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीको टोली सदरमुकाम खाँदबारीबाट घटनास्थल प्रस्थान गरेको छ । हत्या भएका ५८ वर्षीय कार्कीको शव सडकको भित्तामा मृत फेला परेको फेला परेको प्रहरी निरीक्षक खतिवडाले बताए । तेजबहादुरकी आमा ८४ वर्षीया पार्वती कार्कीको शव घरमै फेला परेको छ ।

५२ बर्षीया श्रीमती कमला कार्की र ३२ वर्षीया बुहारी रञ्जना कार्कीको शव खोल्सामा फेला परेको उनले बताए । त्यस्तै, तेजबहादुरका ११ वर्षीय नाति दिपेन कार्की र सात वर्षीया नातिनी गोमा कार्कीको शव खरबारीमा फेला परेको प्रहरीले जनाएको छ । तेजबहादुरका बुवा ८५ वर्षीय बौद्धमान कार्की भने सकुशल रहेको प्रहरीले जनाएको छ । रञ्जनाका श्रीमान् रमेश कार्की हाल वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेको प्रहरी निरीक्षक खतिवडाले जानकारी दिए । सदरमुकाम  खाँदबारीबाट घटनास्थल पुग्न ६ घन्टा लाग्छ ।