गभर्नर अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन

लेखक : जनक काफ्ले / सोमबार, भदौ २१, २०७८ मा प्रकाशित

गभर्नर अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन

सेयर लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् ।

लगानीकर्ता रामकृष्ण ढकालको संयोजकत्वको पुँजी बजार सुधार संघर्ष समितिले गभर्नरको राजीनामा गर्दै आज बालुवाटारस्थित राष्ट्र बैंक घेराउ गरेका छन् । पुतलीसडकबाट बाइक जुलुससहित लगानीकर्ता राष्ट्र बैंक पुगेका थिए ।

सेयर बजार निरन्तर ओरालो लाग्न थालेपछि निराश भएका लगानीकर्ताहरुले गभर्नरको राजीनामा माग गरेका हुन् ।

संघर्ष समितिले गभर्नरको राजीनामालाई मुख्य मागको रुपमा राख्दै विभिन्न १५ बुँदे माग राखेको छ । समितिले केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत ल्याएको मार्जिन कर्जामा १२ करोडको सीमा हट्नुपर्ने, लघुवित्त कम्पनीहरुले वितरण गर्ने लाभांशमा लगाइएको क्याप हटाउनुपर्ने, प्रोभिजनिङ्कको व्यवस्था परिमार्जन गर्नुपर्नेलगायतका माग अघि राखेको जनाएको छ ।

यता, सेयर बजारमा भने वृद्धि हुने क्रम जारी छ । यो समाचार तयार पार्दासम्म नेप्समा १२० दशमलव १६ अंकको उछाल आएको छ । अहिलेसम्म पाँच अर्ब ४५ करोड ४३ लाख १६ हजार चार सय ८६ रुपैयाँ बराबरको कारोबार भएको छ । एउटाबाहेक सबै समूहका सूचांक हरिया देखिएका छन् ।

विकास बैंक र हाइड्रोपावर समूहको सूचांक ७ अंकभन्दा माथिले उकालो लागेको छ । फाइनान्स ६ अंकभन्दा बढीले बढेको छ । आज सबैभन्दा धेरै कारोबार गर्नेमा अरुण भ्याली हाइड्रोपावर कम्पनी छ ।

351 पटक हेरिएको

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया

जनक काफ्ले को बारेमा

यो ठाउँमा तपाइले आफ्नो बारेमा लेख्न सक्नु हुनेछ जसले गर्दा तपाको बिषय बस्तुको बारेमा सबैले जान्ने छन्। यो ठाउँमा तपाइले आफ्नो बारेमा लेख्न सक्नु हुनेछ जसले गर्दा तपाको बिषय बस्तुको बारेमा सबैले जान्ने छन्।

जनक काफ्ले द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →