संखुवासभा हत्या प्रकरण : अनुसन्धानका लागि धरानबाट तालिमप्राप्त कुकुर ल्याइँदै

लेखक : जनक काफ्ले / सोमबार, भदौ २१, २०७८ मा प्रकाशित

संखुवासभा हत्या प्रकरण : अनुसन्धानका लागि धरानबाट तालिमप्राप्त कुकुर ल्याइँदै

मादी नगरपालिका-१, खोलागाउँका एकै परिवारका ६ जनाको हत्या घटना अनुसन्धान गर्न धरानबाट तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली संखुवासभा आउने भएको छ । हत्या भएको घटनास्थल मादी-१ मा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगराज खतिवडाको टोली मात्रै पुगेको छ ।

आइतबार राति अज्ञात समूहको धारिलो हतियार प्रहारबाट मादी-१ स्थानीय ५८ वर्षीय तेजबहादुर कार्कीसहित ६ जनाको हत्या भएको थियो । घटनाको अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय धरानबाट एसपी दाहालको टोली तालिमप्राप्त कुकुर लिएर मादी आउँदै गरेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी प्रहरी निरिक्षक खतिवडाले जानकारी दिए ।

घटनाको जानकारी पाएलगत्तै अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीको टोली सदरमुकाम खाँदबारीबाट घटनास्थल प्रस्थान गरेको छ । हत्या भएका ५८ वर्षीय कार्कीको शव सडकको भित्तामा मृत फेला परेको फेला परेको प्रहरी निरीक्षक खतिवडाले बताए । तेजबहादुरकी आमा ८४ वर्षीया पार्वती कार्कीको शव घरमै फेला परेको छ ।

५२ बर्षीया श्रीमती कमला कार्की र ३२ वर्षीया बुहारी रञ्जना कार्कीको शव खोल्सामा फेला परेको उनले बताए । त्यस्तै, तेजबहादुरका ११ वर्षीय नाति दिपेन कार्की र सात वर्षीया नातिनी गोमा कार्कीको शव खरबारीमा फेला परेको प्रहरीले जनाएको छ । तेजबहादुरका बुवा ८५ वर्षीय बौद्धमान कार्की भने सकुशल रहेको प्रहरीले जनाएको छ । रञ्जनाका श्रीमान् रमेश कार्की हाल वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेको प्रहरी निरीक्षक खतिवडाले जानकारी दिए । सदरमुकाम  खाँदबारीबाट घटनास्थल पुग्न ६ घन्टा लाग्छ ।

311 पटक हेरिएको

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया

जनक काफ्ले को बारेमा

यो ठाउँमा तपाइले आफ्नो बारेमा लेख्न सक्नु हुनेछ जसले गर्दा तपाको बिषय बस्तुको बारेमा सबैले जान्ने छन्। यो ठाउँमा तपाइले आफ्नो बारेमा लेख्न सक्नु हुनेछ जसले गर्दा तपाको बिषय बस्तुको बारेमा सबैले जान्ने छन्।

जनक काफ्ले द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →